२१ असार २०८३, आइतबार

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, २२ असार । दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् ।

मार्मा गाउँपालिका-४ र ५ का ती परिवार विस्थापित भएका हुन् ।

मार्मा हुँदै मुरै गोल्फा सित्तोला जोड्ने सडकबाट खसेको पहिरोका कारण मर्मतीका केही परिवार बिस्थापित भएका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो ।

बाढी घरमा पसेपछि विस्थापित परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् ।

पहिरोबाट विस्थापित भएका ९९ जनालाई सुरक्षित स्थान लटिनाथ आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले जानकारी दिनुभयो ।