१७ असार २०८३, बुधबार

विद्युतीय पोलबाट चिप्लिएर नहरमा खसेका एक मजदुर बेपत्ता

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २२ असार । सप्तरीको महादेवा गाउँपालिकामा विद्युतीय पोलबाट चिप्लिएर नहरमा खसेर एक मजदुर बेपत्ता भएका छन् ।

महादेवा-३ बथनाहाका २२ वर्षीय प्रदीप यादव बेपत्ता हुनुभएको हो । महादेवास्थित कोशीको पश्चिमी नहर किनारमा विद्युतीय पोलमा तार जडान गर्ने क्रममा उहाँ चिप्लिएर नहरमा खसेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिनुभयो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बेपत्ता यादवको खोजी गरिरहेको छ ।