३० असार २०८३, मंगलबार

डलर र कतारी रियालको मूल्य घट्दा युरो र पाउण्डको भाउ बढ्यो

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । आज शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाअनुसार आज बेलायती पाउण्डको खरिददर १७० पुग्दा बिक्रीदरले १७१ रुपैयाँ पार गरेको छ ।

त्यस्तै, आज अमेरिकी डलर र कतारी रियालको मूल्य घट्दा युरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ । अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ ।

युरो एकको खरिददर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ २१ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।