७ असार २०८३, आइतबार

वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता थापा

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्ने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्ने निर्णय गरेको छ ।’

बैठकले धितो पत्र सम्बन्धि ऐन, २०६३ लाई संसोधन गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको पनि जानकारी दिनुभयो ।

त्यस्तै, राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्ष, सदस्य तथा सदस्यसचिव नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ ।