२३ जेष्ठ २०८३, शनिबार

एमालेले ‘एसइई उत्तीर्ण विद्यार्थी उत्प्रेरणा कार्यक्रम’ गर्ने

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटिले ‘एसइई उत्तीर्ण विद्यार्थी उत्प्रेरणा कार्यक्रम’को आयोजना गर्न लागेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै २०८० मा सम्पन्न भएको एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिने उद्देश्यले पार्टी अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराइएको छ ।

शनिबार काठमाडौंको कोटेश्वरस्थित ए-वान भेन्युमा हुने कार्यक्रममा प्रेरक वक्ताका रुपमा मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंह, काठमाडौं महागरपालिकाका उपमेयर सुनिता डंगोललगायत रहनुहुनेछ ।

१,१०१ जना विद्यार्थीहरुको नाम संकलन भएकोमा कार्यक्रम सुरु हुने समयसम्म संख्या बढेर दुई हजार पुग्ने आशा गरिएको छ ।