
जुम्ला, २१ असार । जुम्लाको कनकासुन्दरी गाउँपालिका-२, मालिकाबोतास्थित चुचेमारा धचाखर्केको रंगिन पाटनमा चट्याङ पर्दा ५४ वटा भेडा मरेका छन् ।
बिहीबार दिउँसो करिब १ बजे परेको चट्याङले भेडाको बथानमा ठूलो क्षति पुर्याएको हो ।
चट्याङले मालिकाबोताका एघार किसानका भेडाहरू मरेका हुन् । मालिकाबोताका बहादुर रावतका ४, तिते रावतका ३, तिलक रावतका ५, मानबहादुर रावतका ३, विगर रावतका ९, डिल्ली रावतका ३, शेर रावतका २, हरिबहादुर रावतका १, चन्चल थापाका ३, धन रावतका २० र रामबहादुर रावतका १ भेडा मरेका छन् ।
कुल ५४ भेडा मरेको स्थानीय किसान हरिबहादुर रावतले जानकारी दिनुभएको छ ।
चट्याङमा परी कनकासुन्दरिगाउँपालिका वडा नम्बर २ का कृषकको ठूलो क्षति भएको छ ।
कृषकहरूलाई पालिकाबाट केही राहात दिने कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले बताउनुभएको छ ।








प्रतिक्रिया