१ श्रावण २०८३, शुक्रबार

मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, २१ असार । मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेकपा (एमाले)ले विश्वासको मत दिने भएको छ ।

एमाले मधेश प्रदेश सभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिनुभयो ।

सिंहले भोलि बिहान ११ बजे प्रदेश सभा समक्ष विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।