१६ असार २०८३, मंगलबार

जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपाले शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

पार्टीको निर्णयपछि अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्मथन फिर्ता दिएको पत्र लेख्नुभएको छ ।

जसपाका प्रतिनिधि सभामा ७ सांसद रहेका छन् भने प्रचण्ड नेतृत्वको सरकारमा प्रदीप यादव स्वास्थ्य तथा नवल किशोर शाह वन मन्त्री रहनुभएको छ ।

एमालेपछि सरकारबाट बाहिरिने जसपा दोस्रो दल बनेको छ ।