२६ असार २०८३, शुक्रबार

शेखर कोइरालाको प्रश्न : कांग्रेसभित्र नै एकता छैन्, अरु पार्टीसँग कसरी सहकार्य हुन्छ ?

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसभित्र नै एकता नभएको भन्दै अरु पार्टीसँग कसरी सहमति, सहकार्य र एकता हुन्छ भन्दै प्रश्न गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित ‘शान्ति र क्रान्तिका नायक जीपी कोइराला’विषयक अन्तरक्रियामा उहाँले अरुसँगको सहकार्य भन्दा अगाडि आफ्नो घर ठिक राख्न जरुरी रहेको भन्दै पार्टीभित्र सहकार्य र सहमतिपछि मात्रै अरु दलसँग सहकार्य गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सहमति, एकता र सहकार्यको कुरा गर्छौं । तर त्यो नेपाली कांग्रेसभित्र नै छैन् भने अन्य पार्टीसँग हुन्छ कसरी ? सम्भव नै छैन् । सबैभन्दा पहिले हामीले आफ्नो घर ठिक राख्न जरुरी छ । घर ठिक राख्नलाई सहमति, सहकार्य, एकता आफ्नो साथीहसँग हुन जरुरी छ ।’

उहाँले एमाले र कांग्रेसको नयाँ समीकरण भएको प्रसंगमा नेपाली राजनीतिको अस्थिरता कहिलसम्म बोकिरहने भन्दै प्रश्न गर्नुभयो । निर्वाचन प्रणालीमा सुधार गरेर जान सकेमा जनताले चाहेको कुरा पूरा हुन सक्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘माओवादीले एमालेलाई लिएर सरकार बनायो । त्यसपछि उहाँहरुबीच के भयो थाहा छैन । फेरि नेपाली कांग्रेससित सहकार्य हुँदैछ । यस्तो अस्थिरतालाई कहिलेसम्म बोकिरहने ? संविधानमा सुधार गर्ने कुरा धेरै छन् । त्यसमा छे्डछानी गर्न थालियो भने संविधान सुधार पनि हुँदैन् । निर्वाचन प्रणालीमा हामीले सुधार गरेर जान सक्यौँ भने केही न केही जनताले चाहेको पूरा हुन्छ ।’

नेता कोइरालाले प्रधानमन्त्रीले अहिसम्म पनि राजीनामा दिइनसकेको भन्दै एमालेसँगको सहकार्यलाई लिएर अहिले नै खुशी हुने अवस्था नरहेको धारणा राख्नुभयो ।

नयाँ समीकरण नेपाली कांग्रेसको अन्तिम विकल्प रहेको भन्दै नयाँ बन्ने सरकारलाई पनि सफल बनाउन सकिएन भने देश एकदमै नराम्रो बाटोमा जाने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘एमालेसँग कुरा भएको छ तर अहिले नै खुशी हुने अवस्था छैन् । किनकी प्रचण्डजीले आजसम्म पनि राजीनामा दिनुभएको छैन् । उहाँले राजीनामा दिनुभएन भने के हुन्छ भन्ने पनि हामीले सोच्नुपर्ने हुन्छ । कांग्रेस र सबै भ्रातृ संगठनहरुले सोच्नुपर्ने हुन्छ । अन्तिम विकल्प हो भन्ने लाग्छ । यसरी नै सरकार बदलिरहने ? नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको पनि आउँछ । निर्वाचनको बेला यसमा अत्यन्तै चनाखो हुनुपर्छ । अहिलेको सरकारलाई पनि सफल बनाउन सकिएन भने देश एकदमै नराम्रो बाटोमा जान्छ ।’