
काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिनुहुने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने गरी संसदको कार्यसूचीमा राख्न सभामुखलाई पत्र पठाउनुभएको हो ।
नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका प्रधानमन्त्री प्रचण्डले संविधानको व्यवस्था अनुसार विश्वासको मत लिन लाग्नुभएको हो ।
कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि प्रचण्ड नेतृत्वको गठबन्धन भत्किएको थियो ।









प्रतिक्रिया