२७ असार २०८३, शनिबार

प्रचलित कानुनविपरीत निलम्बन गरियो : मुकुल ढकाल

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिई निलम्बिन गरिएको आरोप लगाउनुभएको छ ।

ढकाललाई बुधबार बसेको केन्द्रीय समितिको बैठकले सात दिनका लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बिन गरिएको थियो ।

ढकालले विधि पद्दति र लोकतान्त्रिक मूल्यमान्यता अनुसार आफूलाई गरिएको निलम्बनको प्रक्रिया नमिलेको बताउँदै स्पष्टीकरणको जवाफ नै नपढी कारबाही गरिनु दुराषयपूर्ण रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ-

स्पष्टीकरणलाई दर्ता नै गर्न नदिएर, स्पष्टीकरण दिएन भन्ने भाष्य सिर्जना गर्न खोजियो । आज सोधिएको स्पष्टीकरणको अन्तिम म्याद हो र मैले स्पष्टीकरण १९ गते नै बुझाएको हो र दर्ता गर्न आग्रह गर्दा गर्दै दर्ता गर्न इन्कार गरियो । स्पष्टीकरण दर्ता गर्न नदिएपछि, कसरी स्पष्टीकरण दिनु ?

राजनीतिक दलसम्बन्धीको ऐनले स्पष्टीकरणको मौका नदिइ कारबाही गर्न दिँदैन । तर राज्यको प्रचलित कानुन विपरीत मलाई निलम्बन गरियो । उपसभापतिलाई निलम्बन गर्ने अधिकार नभएको, र त्यस्तो अधिकार सभापतिबाट प्रत्यायोजन हुन पर्नेमा, त्यस्तो अधिकार प्रत्यायोजनका पत्र पनि सभापतिबाट प्राप्त भएको छैन । तथापि, राजनीतिक विषयमा यसरी विधि पद्दति धेरै केलाउनको साटो, राजनीतिक कारबाही अनुरूप लिएको छु । विधि पद्दति र लोकतान्त्रिक मूल्यमान्यता अनुसार मलाई गरिएको निलम्बनको प्रक्रिया मिलेको छैन । स्पष्टीकरणको जवाफ नै नपढी कारबाही गरिनु दुराषयपूर्ण छ, अलोकतान्त्रिक छ ।