
काठमाडौं, २१ असार । राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।
शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्मा पेश गरेको बजेट प्रतिनिधि सभामा भने असार ११ नै पारित भएको थियो ।








प्रतिक्रिया