१७ असार २०८३, बुधबार

बेलायती पूर्वप्रधानमन्त्री लिज ट्रस पराजित

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । बेलायती पूर्वप्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रसले आफ्नो संसदीय क्षेत्रमा पराजित हुनुभएको छ ।

ट्रस आफ्नो साउथ वेस्ट नोर्फोक सिटमा टेरी जेरेमीसँग ६३० मत अन्तरले पराजित हुनुभएको छ । टेरी जेरेमीले ११ हजार ८४७ मत प्राप्त गर्नुभयो भने लिज ट्रसले ११ हजार २१७ मत प्राप्त गर्नुभएको थियो । हारपछि ट्रसले भन्नुभयो, ‘धेरै नीतिहरूमा हामीले जनताले अपेक्षा गरेजस्तो प्रदर्शन गर्न सकेनौँ । हाम्रो पार्टी करको दर घटाउन र आप्रवासन घटाउन असफल भयो ।’

यस निवाचनमा लेबर पार्टी १४ पर्षपछि सत्तामा फर्किएको छ ।

६५० सिट रहेको बेलायतको तल्लो सदनमा लेबर पार्टीले अहिलेसम्म ४११ सिटमा जित हासिल गरेको छ भने कन्जरभेटिभ पार्टीले ११९ सिट जितेको छ ।