२४ जेष्ठ २०८३, आइतबार

हार स्वीकार गर्दै ऋषि सुनकले भने- ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरे’

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गर्नुभएको छ ।

उहाँले लेबर पार्टीका नेता कियर स्टारमरलाई विजयको लागि बधाई दिनुभएको छ । उहाँले भन्नुभयो, ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन् । यसबाट धेरै कुरा सिक्न आवश्यक छ । हारको जिम्मेवारी लिन्छु ।’

ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिटबाट भने जित्नुभएको छ । सिट जितेपछि उहाँले आफ्नो मन्तव्यमा भन्नुभयो, ‘चुनावमा लेबर पार्टीले जितेको छ । मैले कियर स्टारमरलाई उनको जितमा बधाई दिएँ ।’

सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ६५० सिट भएको संसदमा ३६४ सिट जित्यो र बोरिस जोनसन प्रधानमन्त्री बन्नुभयो । अघिल्लो पटकको तुलनामा ४७ सिट बढेको थियो । तर यसपटक अवस्था विल्कुल उल्टो छ ।  बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ ।

अहिलेसम्म परिणाम अनुसार लेबर पार्टीले ३९२ सिट जितिसकेको छ ।

त्यस्तै, कन्जरभेटिभले अहिलेसम्म ९९ सिटमा जित हासिल गरेको छ । जुन अघिल्लो निर्वाचनको तुलनामा २२० सिट कम हो ।