२ असार २०८३, मंगलबार

राष्ट्रिय सभा बैठक : बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिँदै

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सुरू भएको छ । बैठक बिहान ११ः१५ बजे संघीय संसद् भवनमा सुरू भएको हो ।

आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रक्षा मन्त्रालयमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव आजको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।