
काठमाडौं, २१ असार । केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टीले ठूलो जित हासिल गर्दै सत्तामा फर्किएको छ । लेबर पार्टी बेलायतमा १४ वर्षपछि ऐतिहासिक जितका साथ सत्तामा फर्किएको छ ।
६५० सिट रहेको बेलायतको तल्लो सदनमा बहुमतका लागि ३२६ सिट आवश्यक पर्दछ । जसमा लेबर पार्टीले अहिलेसम्म ३८० सिटमा जित हासिल गरिसकेको छ । त्यस्तै, ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले ९२ सिट मात्र जित्न सकेको छ ।
लेबर पार्टीको यो चुनावी जितलाई सन् १९९७ मा टोनी ब्लेयर नेतृत्वको लेबर पार्टीको जितसँग तुलना गरिएको छ । त्यस निर्वाचनमा ब्लेयरको नेतृत्वमा लेबर पार्टीले ४१९ सिट जितेको थियो । लेबर पार्टीको सरकार बन्ने निश्चित भएसँगै यसका नेता केयर स्टारमर अब नयाँ प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको छ ।
२०१५ देखि केयर स्टारमरको संसदीय निर्वाचन क्षेत्र होबर्न र सेन्ट प्यानक्रस हो । स्टारमरले आफूलाई ‘कामदार वर्गको पृष्ठभूमि’को रूपमा वर्णन गर्नुहुन्छ ।
उहाँका बुबा एक उपकरण निर्माता हुनुहुन्थो र उहाँकी आमा नर्सको रूपमा काम गर्नुभयो । १६ वर्षको उमेरसम्म उहाँको पारिश्रमिक स्थानीय काउन्सिलले तिरेको थियो । स्कूलपछि उहाँ विश्वविद्यालयमा जाने र लीड्स विश्वविद्यालयमा भर्ना हुने आफ्नो परिवारको पहिलो सदस्य बन्नुभयो । पछि उहाँले अक्सफोर्ड विश्वविद्यालयमा कानून पढ्नुभयो ।
उहाँ सन् १९८७ मा ब्यारिस्टर हुनुभयो र मानव अधिकार कानूनमा विशेषज्ञ बन्नुभयो । आफ्नो कामको सम्बन्धमा, उहाँ क्यारिबियन र अफ्रिकामा बस्नुहुन्थो, जहाँ उहाँले मृत्युदण्डको सामना गरिरहेका कैदीहरूको मुद्दा लड्नुभयो । ९० को दशकको उत्तरार्धमा उहाँले तथाकथित म्याकलिबेल कामदारहरूको मुद्दा सित्तैमा लड्नुभएको थियो ।
२००८ मा केयर सार्वजनिक अभियोजनको निर्देशक चुनिनुभयो । जुन इङ्गल्याण्ड र वेल्समा सबैभन्दा वरिष्ठ आपराधिक अभियोजकको पद हो । २०१६ मा, उहाँ उत्तरी लण्डनको होबर्न र सेन्ट प्यानक्रसका लागि सांसद बन्नुभयो ।
उहाँले पूर्व लेबर नेता जेरेमी कोर्बिनको फ्रन्टबेन्च टोलीमा ब्रेक्सिट सचिवको रूपमा काम गर्नुभयो, जहाँ उहाँले दोस्रो ब्रेक्सिट चुनावलाई विचार गर्न आह्वान गनुभयो । ब्रेक्सिट भनेको बेलायतलाई युरोपेली संघबाट अलग गर्ने प्रक्रिया थियो ।
२०१९ को आम चुनावमा पार्टीको ठूलो पराजयपछि कियर स्टारमर लेबर नेताको पदमा चुनाव लड्नुभयो र २०२० मा पार्टीको नेता बन्नुभयो । आफ्नो विजयी भाषणमा उहाँले लेबरलाई ‘आत्मविश्वास र आशाका साथ नयाँ युगमा लैजाने’ बताउनुभएको थियो ।
उहाँले एनएचएस, यूके स्वास्थ्य सेवामा बिरामीहरूको लागि प्रतीक्षा सूची घटाउने, एनएचएसले हरेक हप्ता ४० हजार भन्दा बढी स्वास्थ्यकर्मी भर्ना गर्ने जस्ता बाचा गर्नुभएको छ । उहाँले यसको आर्थिक भारलाई कर छली रोकेर पूरा गर्ने बताउनुभएको छ ।
त्यस्तै, उहाँले साना र खतरनाक डुङ्गाबाट मानव बेचबिखन रोक्न सीमा सुरक्षा कमाण्ड सञ्चालन गरिने, १५ लाख नयाँ घरहरू निर्माण गर्ने र पहिलो पटक घर खरिददारहरूलाई ‘पहिलो-अधिकार’दिनको लागि योजना सुरु गर्ने जस्ता चुनावी बाचा गर्नुभएको छ ।
त्यस्तै, उहाँले ६५ सय नयाँ शिक्षक भर्ना गर्नुभयो र यसको खर्च निजी क्षेत्रका स्कुललाई दिएको कर छुट रोकेर पूरा गर्ने योजना उहाँले बनाउनुभएको छ । सन् २०२३ देखि सञ्चालित सबै मतपरिणाममा लेबर पार्टी कन्जरभेटिभभन्दा २० प्रतिशत अगाडि देखिएको थियो ।
कियरको नेतृत्वको प्रारम्भिक वर्षहरूमा उहाँले पार्टीको लोकप्रियता बढाउन धेरै कठिनाइहरूको सामना गर्नुभयो । २०२१ को उपनिर्वाचनमा लेबरको पराजयपछि उहाँको ध्यान रेड वाललाई जित्नेतर्फ थियो । रेड वाल भनेको उत्तरी इङ्गल्याण्ड र मिडल्याण्डका ती सिटहरू हुन् जुन विगतमा लेबर सीटहरू थिए ।
तर २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले जितेको थियो । कियर स्टारमरले पार्टीको नीतिहरूमा पुनर्विचार गर्नुभयो र विश्वविद्यालयको शिक्षण शुल्क हटाउने र पानी र बिजुली कम्पनीहरूलाई राष्ट्रियकरण गर्ने वाचा त्याग्नुपरेको थियो ।








प्रतिक्रिया