
काठमाडौं, २१ असार । नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सहभागी हुनेभएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटावार्ता गर्नुभएको छ ।
बिहीबार भएको भेटवार्तामा नाउपा पनि एमाले-कांग्रेसको राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने चौधरीले देउवालाई जानकारी गराउनुभएको हो ।
प्रतिनिधि सभामा नाउपाका चार सांसद रहेका छन् । उनीहरुले प्रचण्ड सरकारलाई विश्वासको मत दिएका थिए ।
केही दिनअघि मात्रै नाउपाको संसदीय दलले केन्द्रीय अध्यक्षसमेत रहनुभएकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएर गंगा चौधरीलाई चयन गरेको थियो ।








प्रतिक्रिया