२९ जेष्ठ २०८३, शुक्रबार

घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाअनुसार आज बेलायती पाउण्डको खरिद र बिक्रीदरले १७० रुपैयाँ पार गरेको छ । आज अमेरिकी डलर र कतारी रियालको मूल्य घट्दा युरो र बेलायती पाउण्डको विनिमयदर बढेको हो ।

अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३० पैसा र बिक्रीदर १३३ रुपैयाँ ९० पैसा पुगेको छ । युरो एकको खरिददर १४३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १७० रुपैयाँ ०२ पैसा र बिक्रीदर १७० रुपैयाँ ७८ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।