२२ जेष्ठ २०८३, शुक्रबार

रारा तालमा डुबेर एक जनाको मृत्यु

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, २१ असार । रारा तालको किनारमा पौडी खेल्ने क्रममा तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।

रारा तालको पुर्वी भागमा पर्ने ठाकुर नाथस्थित तालको किनारमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका-५ का २१ वर्षीय शिशिरजङ्ग रावलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृतक रावल रारा ताल किनारमा निर्माणाधिन साइकललेनमा मजदुरी गर्दै आउनुभएको थियो । बिहीबार दिउँसो २ बजे कामबाट घर फर्कने क्रममा पौडी खेल्दा रावलको मृत्यु भएको उहाँका काका नरेन्द्र रावलले जानकारी दिनुभयो ।

घटनाको जानकारी पाउने बित्तिकै हनुमान ध्वज गुल्मबाट उद्दारका लागि नेपाली सेना घटना स्थलमा पुगेको थियो । रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगी शव तालबाट बाहिर निकालिएको थियो ।

घटनाको मुचुल्कापछि शवको पोस्टमाटमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभएको हो ।