२८ असार २०८३, आइतबार

एकीकृत समाजवादीमा नेपाल अध्यक्षमा र भुसाल महासचिवमा सर्वसम्मत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष, सम्मानित नेता र महासचिवमा सर्वसहमतिले नेतृत्व चयन गरेको छ ।

बिहीबार झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले माधवकुमार नेपाललाई अध्यक्ष, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई सम्मानित नेतामा सर्वसम्मत चयन गरेको हो।

महाधिवेशन हलमा सम्मानित नेता खनालले अध्यक्षमा माधवकुमार नेपाल, पार्टीको सम्मानित नेतामा झलनाथ खनाल र पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसहमतले चयन भएको घोषणा गर्नु भएको थियो ।

अब २९९ सदस्यहरु भएको केन्द्रिय कमिटी र निश्चित पदाधिकारी चयन गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । अब बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको चयन सचिवालयले गर्ने बताइएको छ ।