३० असार २०८३, मंगलबार

गगनले सघाउँदा काठमाडौंबाट रास्वपाले २ सिट नाफामा पाएको मुकुलको खुलासा

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निलम्बित महामन्त्री मुकुल ढकालले गत आम चुनावमा कांग्रेस महामन्त्री गगन थापाका कारण रास्वपाले दुई सिट जितेको खुलासा गर्नु भएको छ ।

समिक्षा प्रतिवेदनमा मुकुलले गगनको सहयोगमा काठमाडौं क्षेत्र नम्बर ४ मा रास्वपाले दुई सिट जितेको उल्लेख गर्नु भएको हो ।

‘हामीले एकपटक स्थापनापूर्वदेखि आजको दिनसम्म सबै क्रियाकलापको समीक्षा गर्नपर्छ । मंसिरको चुनावका बेला गगन थापाका विरूद्ध सशक्त उम्मेदवार उठाई उनको राजनीतिलाई त्यहीं विराम लगाइदिने रणनीति बदलिएर गगनलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौं, त्यसले आज हामीलाई चोट पुर्याएको छ। हुन त गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण, आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा २ सिट नाफा हुन पुग्यो । नतिजाले काठमाडौं ०४ पनि हामीले जित्ने देखाएकाले, गगनसँगको सहकार्यले हामीलाई न तात्कालिक फाइदा दियो, न अहिले फाइदा भयो। गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको समीक्षा गर्न पर्ने हुन्छ,’ प्रतिवेदनमा भनिएको छ ।