
काठमाडौं, २० असार । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्साद अफर सार्वजनिक गरेको छ । यस अफरमा ग्राहकहरुले इन्टरनेट टिभीको वार्षिक रिचार्ज गर्दा ५ महिनासम्म बोनस, ५० प्रतिशतसम्म छुट र वाइफाइ ६ भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर मात्र ५ रुपैयाँमै पाउने कम्पनीले जनाएको छ ।
यो अफर २० असारसम्म मात्र लागु हुनेछ । ग्राहकले क्लासिक टेक मोबाइल एप्स अथवा नजिकैको ब्रान्चमा गएर अफरको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।
साथै वालेट पार्टनर सेलपे मार्फत रिचार्ज गर्दा १ जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सीसीको बुलेट बाइक जित्न सक्नेछन् । कम्पनीका अनुसार हरेक महिना आइप्याड र एपल वाचसमेत जित्न सक्नेछन् ।
यसैगरी, नयाँ ग्राहकका लागि २०० एमबीपीएस हाइ स्पिड इन्टरनेट जडान ६१९ रुपैयाँमा आइपी टिभी र वाइफाइ ६ भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर समावेश गरिएको कम्पनीले जनाएको छ ।








प्रतिक्रिया