१७ असार २०८३, बुधबार

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । नेकपा (एकीकृत समाजवादी) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएको छ ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस-एमालेको सहमतिप्रति अझै विश्वस्त हुने ठाउ नभएकाले सरकारलाई दिएको समर्थन कायमै रहेको र आवश्यक परे विश्वासको मत पनि दिने बताउनु भएको हो ।

उहाँले संबिधान संशोधनको बारेमा दुवै दलले स्पष्ट ब्याख्या नगरेको र आफूहरुसँग पनि कुनै छलफल नगरेको बताउनुभयो ।

महासचिव भुसालले जारी महाधिवेशनमा नेतृत्वको लागि सहमतिको प्रयास भइरहेको जानकारी दिनुभयो । एकीकृत समाजवादीले नेतृत्व चयन सर्वसम्मत गर्न निर्वाचन प्रकृया अझै शुरु गरेको छैन ।