५ असार २०८३, शुक्रबार

एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गर्दै

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । नेकपा (एकीकृत समाजवादी) ले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

असार १६ गतेदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन लागेको अध्यक्ष माधव कुमार नेपालले जानकारी दिनु भएको छ । नेपालले पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिँदै नेतृत्वको चयन सर्वसम्मत हुने बताउनु भएको हो ।

अध्यक्षमा नेपाल र महासचिव घनश्याम भुसालको दाबेदारी रहेकोमा भुसालले नेपाललाई छोड्न तयार भएको बताइएको छ । अध्यक्षमा दावी गर्नु भएका भुसाललाई वरिष्ठ उपाध्यक्ष वा महासचिव मध्ये एक पद रोज्न भनिएको छ ।

अध्यक्षमा सर्वसम्मत हुने भएसँगै अन्य पदमा समेत निर्वाचन नहुने भएको छ । अहिले नेताहरुले अन्य पदमा पनि सर्वसम्मत चयनको तयारी गरिरहेको र आज साँझसम्म नै सर्वसम्मत नेतृत्व घोषणा हुन सक्ने बताइएको छ ।