४ श्रावण २०८३, सोमबार

सहकारी छानबिन संसदीय समितिले गृहसचिव र महानिरीक्षकलाई बोलायो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ ।

समितिको विहिबार बसेको नवौं बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकलाई शुक्रबार छलफलका लागि बोलाएको समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो ।

आजको बैठकमा समितिले महालेखापरिक्षक तोयम राय, सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागका महानिर्देशक कमल भट्टराई र सहकारी बिभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई बोलाएर छलफल गरेको सभापति थापाले जानकारी दिनुभएको छ ।