७ असार २०८३, आइतबार

एमाले मन्त्रीहरुको राजीनामा स्वीकृत

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । नेकपा (एमाले) बाट सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ ।

एमालेको बुधबार बसेको सचिवालय बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिनु भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आएको राजीनामा स्वीकृत गरी उहाँहरुको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिनु भएको छ ।