२३ जेष्ठ २०८३, शनिबार

निर्वाचन आयोगका आयुक्तमा सिफारिस प्रधानको सुनुवाइ रोकियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ रोकिएको छ ।

आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको सभापति पशुपतिशम्सेर जबराले जानकारी दिनुभयो । उहाँको सुनुवाई शुक्रबारका लागि तय गरिएको थियो ।

प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो । उजुरीकर्ताको आग्रहमा गोपनीयता कायम गरी छलफल गरिएको थियो । प्रधानविरुद्ध यौन दुर्व्यवहार लगायतका उजुरी परेको बुझिएको छ ।

असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।