१३ असार २०८३, शनिबार

प्रचण्डको अस्थिर चरित्रका कारण नै नयाँ गठबन्धन बन्यो : गगन थापा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको राजनीतिक घटनाक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर चरित्रका कारण भएको बताउनु भएको छ ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले नयाँ गठबन्धन बनेको चार महिनामा नै अर्को गठबन्धन बन्ने सम्भावना नै नरहेको बताउदै प्रचण्डको अस्थीर चरित्रका कारण नै नयाँ गठबन्धन बनेको बताउनु भएको हो ।

कांग्रेस-एमालेको गठबन्धन बन्नुमा प्रचण्ड नै जिम्मेवार रहेको बताउँदै उहाँले चार महिनामै लसपस गर्नुपर्ने कुनै कारण नभएको टिप्पणी गर्नुभयो ।

उहाँले प्रधानमन्त्री सम्पूर्ण रुपमा अल्पमतमा परेको बताउँदै उहाँले छिटो भन्दा छिटो मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीसँग मार्ग प्रशस्त गर्ने वा विश्वासको मत लिने दुई विकल्प भएको बताउँदै उहाँले आफूहरुले केही दिन कुर्ने बताउनुभयो ।