५ श्रावण २०८३, मंगलबार

निशा डाँगीको स्पष्टोक्ति- महामन्त्रीलाई कारवाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महामन्त्री डा. मुकुल ढकाललाई कारवाही गर्ने निर्णय सर्वसम्मत भएको स्पष्ट पार्नु भएको छ ।

डाँगीले समाचारमा आएको जस्तो ५२ मध्ये आफू मात्र कारवाहीको विपक्षमा रहेको भन्ने कुरा गलत रहेको बताउनु भएको हो । उहाँले केन्द्रीय समितिको निर्णय सर्वसम्मत भएको र त्यसमा आफूले पनि हस्ताक्षर गरेको बताउनुभयो । उहाँ भ्रामक र तथ्यहीन समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डन गर्नु भएको छ ।

यस अघि रास्वपाका सहप्रवक्ता मनिष झाले पत्रकार ब्रिफिङमा डाँगी बाहेक सबै ५१ केन्द्रीय सदस्यले महामन्त्रीलाई कारवाही गर्नुपर्ने बताएको जानकारी दिनु भएको थियो ।

बुधबार रातिसम्म बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई ७ दिनको लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरेको छ ।