२ श्रावण २०८३, शनिबार

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ ।

बैठक नयाँ बानेशवरस्थित संसद भवनमा अपराह्न १२ः१५ बजेबाट सुरु हुने संसद सचिवालयले जनाएको छ । सचिवालयकाअनुसार बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालयका विनियोजित शीर्षकहरूमध्ये छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजित शीर्षकहरूमा छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका विनियोजित शीर्षकहरूमा छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।