
काठमाडौं, २० असार । अशोक राई नेतृत्वको जसपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन् ।
जसपाबाट सरकारमा सहभागी हुनुभएका स्वास्थ्य मन्त्री प्रदीप यादव, वनमन्त्री नलकिशोर सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खानले राजीनामा दिन लाग्नुभएको हो । उहाँहरुले आज साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउने जसपाका महासचिव मोहम्मद इस्तियाक राईले बताउनुभएको छ ।
उहाँका अनुसार पार्टीले नेकपा एमाले र नेपाली कांग्रेसबीचको नयाँ गठबन्धनलाई साथ दिने तयारी गरेको छ ।
यसअघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा बुझाइसकेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।
रास्वपाका मन्त्रीहरुले पनि आजै राजीनामा दिने तयारी गरेका छन् ।









प्रतिक्रिया