
काठमाडौं, १९ असार । सैदी पावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १ लाख ७० हजार ४९ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्कासन गर्न लागेको हो ।
सम्झौतापत्रमा सैदी पावर कम्पनीका तर्फबाट सञ्चालक समितिका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको छ ।
सैदी पावर कम्पनीले कास्कीस्थित सैती खोलाको पानी सदुपयोग गरि ९९९ किलोवाट क्षमताको लघुजल विद्युत आयोजना निर्माण गरी २०७९ साल बाट व्यवसायिक विद्युत उत्पादन गरी आयोजना सञ्चालनमा रहेको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति हेम्जा बास्कोट सवस्टेशनमा जडान गरी बिक्री कार्य भइरहेको छ । आगामी दिनमा कम्पनीले अन्य आयोजनामासमेत लगानी गरी अगाडि बढ्ने योजना रहेको जनाएको छ ।








प्रतिक्रिया