
काठमाडौं, १८ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फाइल खोलेकै कारण ढालिएको बताउनुभएको छ ।
आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै लामिछानेले बेचन झा पक्राउ परेकै कारण सरकार परिवर्तन गरिएको बताउनु भएको हो । संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको उहाँको भनाइ छ ।
‘जे भएको छ केही भन्नै पर्ने छैन। सबै कुरा स्पष्ट पाइसकेको छ। तपाईंहरूले देखिहाल्नुभएको छ। जुन ढंगले सरकार अघि बढेको थियो। तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्यो, फाइल खोल्नुपर्यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो। मैले के भन्नु र ?,’ उहाँले भन्नुभयो, ‘बेचैनीको अरू के अर्थ होला र ? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो यो सरकारलाई, संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने यति पनि बुझ्न नसक्ने, सबैले बुझेकै कुरा हो। ठीक छ अहिले मलाई केही पनि भन्न छैन। संवैधानिक प्रक्रियाहरू सुरू होला। यस पछाडि अरू कुराहरू गर्ने छँदैछ,’ ।








प्रतिक्रिया