१३ असार २०८३, शनिबार

पहिरोले मार्तडी–कोल्टी सडक अवरुद्ध

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १८ असार । अविरल वर्षाले पहिरो जाँदा जिल्लाको पूर्वी–उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ ।

मार्तडी–कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा मार्तडी–कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएका छन् भने मानिस आवतजावतमासमेत समस्या भएको छ ।