११ असार २०८३, बिहिबार

एमाले सचिवालय बैठक बस्दै

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेकपा (एमाले)को सचिवालय बैठक बस्ने भएको छ ।

आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताउनुभयो ।

गएराति एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ ।

कांग्रेससँगको सहमतिअनुसार आजै एमालेका मन्त्रीहरुले राजीनामा दिँदै छन् र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको आधिकारिक घोषणा गर्ने तयारी गरेको छ ।