१४ असार २०८३, आइतबार

माओवादी केन्द्रले बोलायो आकस्मिक पदाधिकारीको बैठक

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । नेकपा (माओवादी केन्द्र)ले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ ।

सत्ता समीकरणमा फेरबदलसँगै माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको हो । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गएराति नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु भएको छ ।

यसैबीच, वर्तमान सरकारमा रहेका एमालेका मन्त्रीहरूले आजै दिउँसो राजीनामा दिने तयारी गरेका छन् ।

यता, कांग्रेसले पनि गएराति भएको सहमति र नयाँ सरकार गठनबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । बैठक ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्दैछ ।