१७ असार २०८३, बुधबार

रोल्पामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सात जनाको मृत्यु भएको हो । दुर्घटनामा १० जना घाइते भएका छन् ।

रोल्पाको माडी गाउँपालिका ४ घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका परेवा छहरामा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा माडी गाउँपालिकाका जुनमाया खड्का, खडकबहादुर डाँगी, दाबाङका अमृता घर्ती, उहाँकी १८ महिनाकी छोरी र रामकली पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यस्तै, माडीका झुपलाल डाँगी र एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो । महिलाको सनाखत हुन सकेको छैन् ।