२८ जेष्ठ २०८३, बिहिबार

रामबहादुर बम्जनलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । रामबहादुर बम्जनलाई  जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद तथा पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

बालयौन दुरुपयोगमा दोषी ठहर भएका बम्जनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जनलाई सजाय तोकेको हो ।

बम्जनविरुद्धको यस मुद्दामा जन्मकैदको सजाय माग गरिएकोमा अदालतले १० वर्ष कैदको सजाय दिएको हो । अब यो फैसलाविरुद्ध सरकार र बम्जन दुवैलाई उच्च अदालत जाने बाटो भने खुला छ ।