२३ असार २०८३, मंगलबार

प्राकृतिक विपत्तिमा परेर घाइते भएकाहरुको निःशुल्क उपचारको माग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले, प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नु भएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्राकृतिक विपत्तिमा परेर घाइते भएका नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाउन राज्यका सबै संयन्त्रहरुलाई प्रभावकारी ढगंले परिचालनकालागि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘प्राकृतिक विपत्तिमा परेर घाइते सबै नेपाली नागरिकहरुका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइकन थप क्षतिहरु न्यूनीकरणका निमित्त राज्यका सबै संयन्त्रहरुलाई प्रभावकारी ढगंले परिचालनका निमित्त आग्रह गर्न चाहान्छु ।’

उहाँले शान्ति प्रक्रियाको काम अझै पनि टुङ्गो लाग्न नसकेको भन्दै चाँडो भन्दा चाँडो टुङ्ग्याउन माग गर्नुभयो ।