११ असार २०८३, बिहिबार

एकाबिहानै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

आज बिहानै प्रधानमन्त्रीसँग छलफलका लागि एमाले अध्यक्ष ओली बालुवाटार पुग्नु भएको हो । यसअघि हिजो शनिबार पनि प्रचण्ड र ओली साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।

शनिबार अध्यक्ष ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच बालकोटमा लामो वार्ता भएपछि त्यसले देशको राजनीतिमा तरंग पैदा गरेको छ ।

ओलीले देउवासँग वार्ता गरेपछि सत्तारूढ माओवादी लगायतका दलहरू सशंकित भएका छन् ।