
मोरङ, १७ असार । मोरङको विराटनगरमा होटल सञ्चालकको कुटाइबाट ग्राहकको मृत्यु भएको छ ।
५० वर्षीय वीरबल गोसाईंको हत्या आरोपमा प्रहरीले विराटनगर- १९ बैजनाथपुरमा होटल सञ्चालन गर्दै आएकी ३५ वर्षीया तालीदेवी ऋषिदेवलाई पक्राउ गरेको हो ।
सधैँ मदिरा खान गोसाई सोही होटलमा जाने गर्नुभएको खुलेको छ । शनिबार दिउँसो भने होटल सञ्चालक ऋषिदेवले गोसाईँमािथ कुटपिट गर्नु भएको थियो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया