१७ असार २०८३, बुधबार

राजदूतका लागि रास्वपाले तयार पार्‍यो अन्तिम सातजनाको सूची

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना राजदूतका लागि सातजना उम्मेदवारको अन्तिम सूची तयार पारेको छ ।

राजदूतका लागि सयौँको आवेदन परेकोमा पार्टीले अन्तिम सातजनाको सूची तयार पारेको हो ।

अब तिनै सातजनाबाट दुईजना राजदूत चयन हुनुहुनेछ । अब अन्तिम दुईजना छान्ने जिम्मा पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई दिइएको छ ।