७ असार २०८३, आइतबार

एसईईको मौका परीक्षा आगामी साउन २३ गतेदेखि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १६ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) अर्थात् मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयको आज बसेको बैठकले साउन २३ देखि ३१ गतेसम्म मौका परीक्षा गर्ने निर्णय गरेको हो।

त्यस्तै त्यसको तालिका भने भोलि सार्वजनिक गर्ने बोर्डले जनाएको छ। शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट दुई भन्दा बढी विषयमा एनजी आए पनि मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको थियो।