२६ जेष्ठ २०८३, मंगलबार

यथास्थितिमा देश अगाडि जान सक्दैन : केपी शर्मा ओली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताउनु भएको छ ।

आज ‘समृद्धीको आधारः सम्मानित किसान र कृषिमा रुपान्तरण नीति’ सम्वाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताउनुभएको हो ।

अहिलेको आवश्यकता उद्यमशीलता र व्यवसायिकता भएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले उद्यमशिलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताउनु भयो ।

गरिबीबाट माथि उठ्न मसिनो चामल नभइ आफ्नै देशमा मोटो चामलको भएपनि उत्पादन बढाउनुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले पहाडमा उत्पादन हुने उत्पादनले जीविका चल्न छोडेपछि गाउँ अहिले उजाड बनेको धारणा राख्नुहुँदै नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौति निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्याालाई खान लगाउन पाउने अवस्थामा पुर्याउनु रहेको स्पष्ट पार्नुभयो ।