२६ जेष्ठ २०८३, मंगलबार

माधव नेपालको गुनासो- मैले ओलीलाई १० पटक फोन गरें तर आउनु भएन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआउनु भएकामा गुनासो गर्नू भएको छ ।

आज महाधिवेशन उद्घाटन सत्रका क्रममा उहाँले अध्यक्ष ओलीलाई दश पटक फोन गरेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पीएहरुलाई, म्यासेज पनि पठाएको छु, पाएको पनि सूचना पाएको छु । ३ वर्षको घाउ आलो भएर नआउनु भएको होला । राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन ।’

पार्टीको महाधिवेशनमा एमालेका बाहेका दलका शीर्ष नेताहरू सहभागी हुनु भएको थियो ।