
काठमाडौं, १६ असार । प्रभु बैंक लिमिटेडले भिजा इन्टरनेशनलसँगको सहकार्यमा पूर्ण नवीनतम् सुविधासहितको प्रभु बिजनेस डेबिट कार्ड सेवा एक समारोहकाबीच आजदेखि सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंकले आजदेखि सञ्चालनमा ल्याएको यो प्रभु बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रुपमै व्यवसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिन्छ । यो प्रभु बिजनेस डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवा सुरु गरिएको बैंकले जनाएको छ । यो बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ ।
व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पाेरेट र व्यापारिक घरानाहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, बिक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानी गर्न सहजता हुनेछ । यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ कार्डमार्फत गरिएको भुक्तानी सुरक्षित रहने बैंकले जनाएको छ ।








प्रतिक्रिया