१९ असार २०८३, शुक्रबार

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शनिबार अपरान्ह अध्यक्ष ओली निवास बालकोट पुग्नुभएका देउवाले ओलीसँग समसामयिक विषयमा छलफल गरेको बताइएको छ ।

देउवासँगै ओली निवासमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएको देउवा पत्नी आरजु राणा पनि पुग्नुभएको थियो ।

सत्ता समीकरणमा विभिन्न विषयमा विवाद बढिरहेको बेला देउवा र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।