२४ असार २०८३, बुधबार

नीति एउटा पारित हुने तर नेतृत्व अर्को आउने प्रवृत्ति गलत : घनश्याम भुसाल

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नीति एउटा पारित हुने तर नेतृत्व अर्को आउने प्रवृत्तिले कम्युनिष्ट पार्टीमा दुर्घटना हुने बताउनुभयो ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको महाधिवेशन तयारीबारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा उहाँले नीति एउटा पारित हुने तर नेतृत्व अर्को आउने प्रवृत्तिले कम्युनिष्ट पार्टीमा दुर्घटना निम्त्याउनका साथैै मुलुक नै अस्तव्यस्त भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुनियाँलाई थाहा छ कि कम्युनिष्ट पार्टीमा एउटा दुर्घटना भयो । नीति एउटा पारित भयो र नेतृत्व अर्को आयो । यस्तो असंगतीका कारणले गर्दा जे भइरहेको छ यसले कम्युनिष्ट आन्दोलनमा यही निराशा छ । अस्तव्यस्त छ भने त्यस कारणले छ ।’

उहाँले महाधिवेशनले समाजवादी पार्टीको दस्तावेज पारित गर्ने मात्र नभई आगामी दशकौंसम्म नेपालको कम्युनिष्ट आन्दोलनलाई दिशा निर्देश गर्ने दाबी गर्नुभयो ।