३१ जेष्ठ २०८३, आइतबार

बागलुङ, स्याङ्जा र गुल्मीमा पहिरोमा परी ९ जनाको ज्यान गयो

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोले घर पुरिँदा नौ जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

गुल्मीको मालिका गाउँपालिका–६ कँडेलपाटास्थित भेषबहादुर विकको घर पुरिँदा विक परिवारका पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेषबहादुर विक, उहाँकी श्रीमती सुन्तली विक, बुहारी सीता विक, नातिनीद्वय सपना र विपना विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यमान चौधरीले जानकारी दिनुभयो ।

यस्तै, शुक्रबार राति भएको वर्षाका कारण बागलुङ गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका प्रेम विकको घर पहिरोमा पुरिँदा ५५ वर्षीय प्रेम र उहाँकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।

पहिरोमा परी प्रेमकी बुहारी कुमारी विक र नाती शिशिर विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

पहिरो शािनबार बिहान ३ बजेतिर गएको र हाल घटनास्थलमा प्रहरी पुरेर उद्दार कार्य जारी राखेको यादवले जानकारी दिनुभयो ।

यस्तै, स्याङ्जामा गएरातिको पहिरोले घर बगाउँदा एकै परिवारका दुई आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा फेदीखोला गाउँपालिका–५ दुर्गा जिटी र उहाँकी तीन वर्षीया छोरी निकिसा जिटी छन् ।