
बागलुङ, १५ असार । बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने घटनामा दुई जना घाइते भएका छन् ।
गलकोट नगरपालिका-८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।
पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।
अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ ।
गएराति ३ बजे पहिरो गएको गलकोट नगरपालिका-८ का वडासदस्य लोकनाथ कँडेलले बताउनुभयो ।
घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।








प्रतिक्रिया